Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार७ महिनामा आयातनिर्यातसँगै व्यापारघाटामा समेत कमी

७ महिनामा आयातनिर्यातसँगै व्यापारघाटामा समेत कमी

व्यापारघाटा ८ खर्ब २५ अर्ब पुग्यो


चालू आर्थिक वर्षको सात महिनामा नेपालले अन्य मुलुकसँग गर्ने आयात, निर्यातमा कमी आएको छ । यो सँगै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात, निर्यात, व्यापार घाटा तथा कुल वैदेशिक व्यापार समेत घटेको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा व्यापार घाटामा १९ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा व्यापार घाटामा १९ प्रतिशत अर्थात् आठ खर्ब २५ अर्ब ७३ करोड करोड रुपैयाँले कमी आएको हो  । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँमा सीमित रहेको भन्सार विभागले सार्वजनिक गरेका तथ्यांकमा उल्लेख छ । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको सात महिनाको अवधिमा आयात १९ प्रतिशत अर्थात् नौ खर्ब १९ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा आयात ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ सीमित रहेको थियो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स , एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुहरु प्रमुख आयात हुने सामग्रीहरु हुन् ।

समिक्षा अवधिमा डिजेल ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ , पेट्रोल ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ , खाना पकाउने ग्यास (एलपीजी) ३३ अर्ब ३४ करोड २९ लाख रुपैयाँ , स्पन्ज आइरन २३ अर्ब ६६ करोड रुपैयाँ ,भटमास २६ अर्ब ५१ करोड १४ लाख रुपैयाँ ,कच्चा पाम १९ अर्ब ९० करोड ६९ लाख रुपैयाँ ,प्लेटेनम १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ ,मोबाइल १४ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ ,एम.एस.विलेट १३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ ,हवाई इन्धन १२ अर्ब ९७ करोड ६० लाख रुपैयाँ ,युरिया मल ११ अर्ब ९९ करोड ४५ लाख रुपैयाँ ,सुन १२ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ ,सूर्यमुखी नौ अर्ब तीन करोड रुपैयाँ ,विद्युतीय सवारी साधन पाँच अर्ब ४० करोड ४८ लाख रुपैयाँ र स्याउ तीन अर्ब ९० करोड ३२ लाख रुपैयाँको आयात गरिएको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा निर्यात २९ प्रतिशतले कमी आएको छ । सात महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँमा सीमित रहेको छ । अघिल्लो आर्थिक वर्षकोे सात महिनाको अवधिमा एक खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँमा सीमित रहेको थियो । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, जिंक शिट , अलैंची, चिया, औषधी (आयुर्वेदिक) लगायतका वस्तु प्रमुख निर्यातजन्य सामग्री हो ।

समिक्षा अवधिमा पाम तेल १३ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ ,भटमासको तेल ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँ, गलैचाँ छ अर्ब ९० करोड ५८ लाख रुपैयाँ , र्यान छ अर्ब ८३ करोड ९६ लाख रुपैयाँ , अलैची चार अर्ब ८९ करोड ७३ लाख रुपैयाँ ,फलाम तथा स्टीलजन्य सामग्री ३ अर्ब ३० करोड ३९ लाख रुपैयाँ ,चिया २ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ ,फलफूलको जुस २ अर्ब ३३ करोड १७ लाख रुपैयाँ ,जुटजन्य सामग्री दुई अर्ब ३० करोड ४५ लाख रुपैयाँ ,कुकर र बिरालोको खाना एक अर्ब ६५ करोड ७५ लाख रुपैयाँ, कपडा एक अर्ब ३८ करोड ८६ लाख रुपैयाँ , पस्मिना सल एक अर्ब ९४ करोड ६५ लाख रुपैयाँ र जर्सी, पुलओभर आदि कपडा एक अर्ब २१ करोड ७३ लाख रुपैयाँ निर्यात गरिएको छ ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कुल वैदेशिक व्यापारमा २१ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कुल वैदेशिक व्यापार १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँमा सीमित रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँमा सीमित रहेको थियो । यस्तै, नेपालले एक सय ४१ मुलुकसँग व्यापार गर्दै आएको छ । तर ती मलुकहरु सँगको व्यापारमा नेपालले ९० प्रतिशत भन्दा बढी मुलुकहरु सँगको व्यापारमा घाटा व्यहोरदै आएको पाउन सकिन्छ । नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन,इण्डोनेशिया, अर्जेण्टिना, बेल्जियम, संयुक्त अरब इमिरेटस, संयुक्त राज्य अमेरिका, ओमाना, अष्ट्रेलिया, भियतानमा, सिंगापुर, युक्तने, ब्राजिल, थाइल्याण्ड रहेका छन् । यस्तै नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका मुलुकहरुमा अमेरिका, जर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नदेरल्याण्डस, क्याम्बोडिया प्रमुख रुपमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया