Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतिनाउ मिसन र एसबी सोलुसनबीच सम्झौता

तिनाउ मिसन र एसबी सोलुसनबीच सम्झौता


काठमाडौं, चैत ४
तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसनका तर्फबाट कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । लोन अटोमेसन सिस्टम माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ ।

लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन (ऋण) वर्क फ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरू मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ । एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ ।

यसैगरी तिनाउ नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतप्राप्त संस्था हो । तिनाउ मिसनका दुई लाखभन्दा बढी ग्राहक र ५४ शाखा कार्यालयहरू रहेका छन् । तिनाउ मिसन बैंकले पछिल्लो पटक मिसन डेभलपमेन्ट बैंकसँग मर्जर गरी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ । त्यसैगरी एसबी सोलुसनले विभिन्न बैंक तथा कर्पोरेट हाउसका प्रोडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन प्रदान गर्दै आएको छ । यसैअनुसार यसले विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरूको विकास गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x