Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा

सगरमाथा इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा बिहीबार सम्पन्न भएको वार्षिकसभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ दशमलव ४० प्रतिशतको दरमा बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को तुलनामा आव २०७८–०७९ १८ दशमलव ७६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै तीन अर्ब १० करोड रूपैयाँबराबरको बीमाशुल्क आर्जन गरी एनएफआरएसअनुसार ३७ करोड आठ लाख ८० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

वार्षिक साधारणसभामार्फत अध्यक्ष मानन्धरले कम्पनीले कुल दाबी भुक्तानीतर्फ यस आर्थिक वर्ष गत आर्थिक वर्षको तुलनामा ३९ दशमलव ३४ प्रतिशतले वृद्धि गरी एक अर्ब ८५ करोड ६० लाख ६७ हजार रूपैयाँ पु-याउन सफल भएको जानकारी दिए । यसैगरी कम्पनीले २० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रूपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै मर्जर सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम रहेको एक सय कित्ताबराबर एक सय कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको एक सय कित्ताबराबर ८० कित्ता सेयर अर्थात् १००ः८० कायम हुनेगरी निर्धारण गरिएको सेयर आदानप्रदान अनुपात कायम हुनेगरी मर्जर प्रस्ताव पारित गरेको जानकारी कम्पनीले दिएको छ ।

मर्जरपछि बन्ने सगरमाथा लुम्बिनी इन्योरेन्स कम्पनी लिमिटेड (सलिको) एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा स्थापित गराउने उद्घोष पनि कम्पनीका अध्यक्ष मानन्धरले गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया