Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार १३ सय १६ अंकमा

सेयर बजार १३ सय १६ अंकमा


काठमाडौं, चैत ४
सेयर बजार परिसूचक सामान्य अंकले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक तीन दशमलव ३५ अंकले उकालो लागेर १३ सय १६ दशमलव ३९ अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव पाँच अंकले उकालो लागेर दुुई सय ८३ दशमलव १२ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८० कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १६ हजार दुई सय ५१ वटा कारोबारमा ४१ लाख ९१ हजार चार सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार आठ सय ७७ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार नौवटा समूहको सूचक उकालो लागेर तीनवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव एक अंकले उकालो लागेर ११ सय ५५ दशमलव ७१ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि आठ दशमलव २५ अंकले उकालो लागेर १७ सय ८५ दशमलव चार अंकमा पुुगेको छ । जलविद्युुत् समूहको सूचक पनि एक दशमलव १२ अंकले उकालो लागेर नौ सय ४९ दशमलव ११ अंकमा पुुगेकोमा लघुुवित्त समूहको सूचक पनि २३ दशमलव २२ अंकले उकालो लागेर २१ सय ५९ दशमलव ५४ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५३ दशमलव ८४ अंकले उकालो लागेर पाँच हजार छ सय ४४ दशमलव २४ अंकमा पुुगेकोमा जीवन बीमा समूहको सूचक पनि ४८ दशमलव ७८ अंकले उकालो लागेर सात हजार तीन सय २४ दशमलव २२ अंकमा पुुगेको छ । यीबाहेक ट्रेडिङ, फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः दुुई दशमलव ४८, तीन दशमलव ६९ र तीन दशमलव ६३ अंकले उकालो लागेका छन् । होटल समूहको सूचक भने आठ दशमलव पाँच अंकले ओरालो लागेर १५ सय ८८ दशमलव १२ अंकमा झरेकोमा उत्पादनमूलक समूहको सूचक पनि ५२ अंकले घटेर २६ सय ३१ दशमलव नौ अंकमा झरेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव ११ अंकले ओरालो लागेको छ ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ८८ पैसाले बढेर एक हजार ६८ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जनउत्थान सामुुदायिक लघुवित्त संस्थाको सेयर मूल्य आठ रूपैयाँ १७ पैसाले बढेर १५ सय १० रूपैयाँमा किनबेच भएको छ । यीबाहेक मितेरी डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य पाँच रूपैयाँ ८७ पैसाले घटेर २० हजार दुुई सय ८६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रूपैयाँ ३५ पैसाले घटेर छ सय ७१ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक माउन्टेन हाइड्रोपावर कम्पनी, राधी जलविद्युुत् कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ११ सय दुुई रूपैयाँमा १५ करोड ४० लाख ८९ हजार दुुई सय ५३ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पाँच सय २२ रूपैयाँ अन्तिम मूल्यमा १२ करोड ८१ लाख ६४ हजार नौ सय ६५ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x