Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र हेरिटेज होटलबीच सम्झौता

कुमारी बैंक र हेरिटेज होटलबीच सम्झौता


काठमाडौं, चैत ४
कुमारी बैंक लिमिटेड र हेरिटेज होटल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार होटलका विशेष सेवाहरूमा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरूलाई विशेष छुटको प्रावधानसम्बन्धी सम्झौता भएको हो । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियशील राख्नलगायत शारीरिक स्फूर्ति एवं मानसिक ऊर्जा र सचेतनापूर्ण जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, बैंकले आफ्ना ग्राहकहरूलाई यो सहकार्यमार्फत पोखरास्थित हेरिटेज होटलका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको जानकारी दिएको छ ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरूले उक्त होटल बसाइमा रुम शुल्कमा २५ प्रतिशत खानपानमा र स्पा सुविधाहरूमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हाल एक सय २४ शाखा सञ्जाल, एक सय २२ एटीएम, २१ शाखारहित इकाइ तथा छ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको कुमारीले आगामी दिनहरूमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x