प्रभु लाइफ इन्स्योरेन्सका एमडीआरटी विजेता सम्मानित
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्रान्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले फागुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडीआरटी २०२३ मा छनोट भएका विजयी अभिकर्ताहरूलाई सम्मान गरेको हो । एमडीआरटी एचिभर्स ग्रान्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् ।
तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरूलाई सम्मान, अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरू रहेका थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईले सबैको मिहिनेतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए । उनकाअनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाइ आगामी दिनहरूमा पनि अझ उचाइमा पुग्ने विश्वास एवं प्रण व्यक्त गरे ।
]कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरू, शाखा प्रमुखहरू एवं अभिकर्ताहरूलगायतको उल्लेख्य सहभागिता रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया