Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र भारतस्थित मेदान्त– द मेडिसिटी हस्पिटल, गुँडगाँवबीच सम्झौता

सिटिजन्स बैंक र भारतस्थित मेदान्त– द मेडिसिटी हस्पिटल, गुँडगाँवबीच सम्झौता


काठमाडौं  । विगत १६ वर्षदेखि आफ्ना ग्राहकवर्गहरूलाई उत्कृष्ट बैंकिङ सेवासुविधा दिने क्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत,गुँडगाँवस्थित मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट हाल यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरूले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत तीन वर्षदेखि निरन्तर रूपमा उपलव्ध गराउँदै आइरहेको छ ।

बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, एक सय ३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया