Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिस्कबरका कार्डहरू एससीटीमा आबद्ध बैंकको एटीएममा प्रयोग गर्न सकिने

डिस्कबरका कार्डहरू एससीटीमा आबद्ध बैंकको एटीएममा प्रयोग गर्न सकिने


काठमाडौं । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रूपे इन्टरनेसनल कार्डहरू एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरूमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरूद्वारा जारी गरिएका कार्डहरू चलाउन मिल्ने भएको छ ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रूपे इन्टरनेसनल कार्डहरू एससीटी नेटवर्कअन्तर्गतका एटीएमहरूमा प्रयोग गर्न सकिने भएको हो । यसका साथै डाइनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरूलाई पनि एटीएममार्फत कारोबार गर्नलाई सहज र सरल हुने आशा गरिएको छ । यो सुविधा छिटै नै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन गरेका एटीएमहरूमा पनि विस्तार गर्ने योजना राखिएको छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रूपे कार्ड भारतमा कार्यरत नेपालीहरू तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधासँगै रूपे कार्ड प्रयोगकर्ताहरूलाई निकै सहज हुने आशा गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया