Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी लघुवित्तको खुद मुनाफा दुई करोड ४० लाख रुपैयाँले ऋणात्मक

लक्ष्मी लघुवित्तको खुद मुनाफा दुई करोड ४० लाख रुपैयाँले ऋणात्मक


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ४० लाख नौै हजार नौ सय ९९ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा नौ करोड २४ लाख ४१ हजार छ सय ४३ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब ५० करोड ९१ लाख ५६ हजार तीन सय ५२ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८८ करोड ३४ लाख ९७ हजार छ सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ३३ लाख ९२ हजा पाँच सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५५ करोड १५ लाख छ हजार एक सय सात रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ७० करोड ६४ लाख ५८ हजार सात सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड १७ लाख २१ हजार एक सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ५८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया