Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ । यही फागुन एक गतेदेखि नौ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि सो तालिम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । काठमाडौं उपत्यकाबाहिरका स्थानहरू बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोडलगायतका विभिन्न स्थानमा कम्पनीसँग आबद्ध अभिकर्ता एवं सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएकोे थियो ।

कम्पनीको व्यवस्थापन समूह समेतको उपस्थिति रही कम्पनीका सम्पूर्ण कर्मचारीहरूलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाको माध्यमबाट सेतो बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । साथै काठमाडौं उपत्यकाबाहिरका स्थानहरूमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल स्वयमले नै प्रस्तुत गरेका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यसप्रकारको कार्यक्रम देशभरि क्रमशः विस्तार गरिने समेत बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया