Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल क्लियरिङ हाउस र इन्फोडेभलपर्स प्रालिबीच सम्झौता

नेपाल क्लियरिङ हाउस र इन्फोडेभलपर्स प्रालिबीच सम्झौता


काठमाडौं । इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । इन्फोडेभलपर्ससँग आबद्ध सहकारी संस्थाहरूले आफ्नो बैंक तथा वित्तीय संस्थाहरूमार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरू प्रयोग गरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सम्झौता भएको हो ।

सम्झौतामा इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरिरहेका विभिन्न सहकारी संस्थाहरूले आफ्नो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहहरूमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सक्नेछन् । त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरू गर्न सकिने व्यवस्था मिलाइनेछ । उक्त सेवाहरूलाई सहकारी संस्थाहरूले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिने जानकारी पनि कम्पनीले दिएको छ ।

विद्युतीय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समूहमा बैंकिङ पहुँच पु¥याउन एनसीएचएल र इन्फोडेभलपर्सको सहकार्यताले थप टेवा पु¥याउने अपेक्षा संस्थाहरूले लिएका छन् । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरूलगायतका ८० भन्दा बढी गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । इन्फोडेभलपर्स प्रालिले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्धसरकारी, लघुवित्त, सेयर मार्केटलगायतका विभिन्न संस्थाहरूलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरू गर्न मद्दत पु-याउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया