Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता


काठमाडौं । खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा बुधबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुवै संस्थाहरूमध्ये खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो ।

दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए । उक्त अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष ईश्वर लाल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर समारोमा धौलागिरी लघुवित्तका तर्फबाट सञ्चालक एवं संयुक्त मर्जर समितिका संयोज हरि प्रसाद शर्मा, सिर्जना थापा, डा. सुदर्शन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट सञ्चालकहरू रणदेव कृष्ण श्रेष्ठ, चन्द्र बहादुर चन्द, डबल बहादुर शाहा तथा प्रमुख कार्यकारी अधिकृत शुरेस बहादुर बमको उपस्थिति थियो ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा तीन करोड ३१ लाख रूपैयाँबराबरको तीन लाख ३१ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार पाँच सय ५० कित्ता सेयर सामूहिक लगानी कोष र शून्य दशमलव पाँच प्रतिशतले हुन आउने पाँच हजार एक सय ५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा एक करोड ३२ लाख रूपैयाँबराबरको एक लाख ३२ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् दुई हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी एक लाख २३ हजार चार सय कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया