Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्तको २१औँ वार्षिक साधारणसभा

स्वावलम्बन लघुवित्तको २१औँ वार्षिक साधारणसभा


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २१औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र छ दशमलव शून्य पाँच प्रतिशत नगद (कर प्रयोजनार्थसहित) गरी २१ दशमलव शून्य पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २९ करोड पाँच लाख १४ हजार एक सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारणसभाले आव २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालू आवको पुस मसान्तसम्म ६१ जिल्लाका एक सय ४५ शाखा/उपशाखा कार्यालय तथा नौवटा इलाका कार्यालयमार्फत दुई लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २० अर्व ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १२ अर्व ६९ करोड सात लाख रहेको छ ।

राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमुखी सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी एक अर्ब २९ करोड चार लाख ९५ हजार पाँच सय कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

सभाले यस वित्तीय संस्थाको आव २०७९/८० को लेखापरीक्षण गर्नको लागि श्री सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर÷प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया