बैंकहरूविरुद्ध भइरहेका अवाञ्छित गतिविधिहरूप्रति सीबीफिनको चिन्ता
कानुन हातमा लिएर आफ्ना अभीष्ट पूरा गर्न खोज्नेहरूलाई कारबाही गर्न सरकारसमक्ष आग्रह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमाथि भइरहेका अवाञ्छित गतिविधिहरूप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले चिन्ता व्यक्त गरेको छ । परिसंघले विज्ञप्ति जारी गर्र्दै कानुन हातमा लिएर आफ्ना अभीष्ट पूरा गर्न खोज्नेहरूलाई कारबाही गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।
परिसंघले विज्ञप्तिमार्फत भनेको छ, कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरूको कारण उत्पादन, माग तथा आपूर्ति श्रृंखला बिथोलिँदा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ । आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्र समेत प्रभावित बनिरहँदा साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानीकर्ताहरूमा समेत चासो र चिन्ता बढाएकोे छ ।
यस्तो विषम परिस्थितिलाई सहज बनाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने सम्भावित उपायहरूका बारेमा नेपाल सरकार, मातहतका नियामक निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरू सचेत र जिम्मेवार हुँदै आर्थिक सुधारको मार्गमा सामूहिकरूपमा लागि पर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता बनेको छ ।
अत्यन्तै पारदर्शी र संवेदनशील क्षेत्रको रूपमा परिचित नेपालको बैंकिङ क्षेत्रले नियामक निकायहरूमार्फत जारी नीति नियमको प्रभावकारी कार्यान्वयन, नेपाल राष्ट्र बैंकबाट भएका स्थलगत तथा गैरस्थलगत निरीक्षणका आधारमा दिइएका सुझाव र बजारको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै अपनाएका सजगतापूर्ण कार्यहरूको कारण अहिले नेपालको आर्थिक क्षेत्रका केही महत्वपूर्ण सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख हुँदै गरेको आँकडा हालै जारी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नै प्रस्ट पारेको छ, परिसंघले भनेको छ ।
देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बैंकिङ क्षेत्रले आम जीवनस्तर, आर्थिक तथा सामाजिक क्षेत्रको विकास एवं विस्तार, रूपान्तरण र समग्रतामा देशको दिगो आर्थिक विकासमा पु¥याएको योगदान कहीँकतै छिपेको छैन । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष तथा परोक्षरूपमा लाखौँको संख्यामा रोजगारीका अवसरहरूको सिर्जना, अरबौँ रकम राजस्व परिचालनसहित संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै मोफसलदेखि दूरदराजसम्म आफ्ना शाखा कार्यालयमार्फत सामाजिक–आर्थिक रूपान्तरणका लागि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
आफ्नै देशभित्र मौद्रिक तथा बौद्धिक लगानी गराई राष्ट्रको आर्थिक समृद्धिमा योगदान पु-याउने पवित्र मनसायसहित दशकौँदेखि बैंकिङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौँ संस्थापक तथा सर्वसाधारण लगानीकर्ता, प्रतिबद्ध कर्मचारीहरूको योगदानलाई नजरअन्दाज गरिनु हुँदैन, परिसंघले भनेको छ ।
अतिविकसित देशदेखि विकासोन्मुख अधिकांश देशहरूले तरलता, ब्याजदर र मुद्रास्फीतिजस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्तिजस्ता विषयहरूले ब्याजदर निर्धारण हुने विषय पनि घामजत्तिकै छर्लङ्ग छ ।
स्वयं नेपाल सरकार, आम उद्यमव्यवसाय र सर्वसाधारण समेतले अनपेक्षितरूपमा भोगिरहेका समस्याहरूको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, सावा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण तथा लुटपाट गर्नेजस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरङ्गित बनेको परिसंघको भनाइ छ ।
‘बैंकिङ सेवाजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यावहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्नेजस्ता निन्दनीय कार्यहरू सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभीष्ट पूरा गर्न खोज्नेहरूलाई तत्काल कठघरामा उभ्याई आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ’, परिसंघले भनेको छ ।
देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरू यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आकलन नै गर्न नसकिने हुनेहुँदा यसप्रति सचेत रहँदै देशको अर्थतन्त्रको रक्तसञ्चारको रूपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सिर्जना गर्न तथा गराउन सरकारसमक्ष परिसंघले आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया