Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना


काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँँगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ ।

योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको जानकारी दिएको छ । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइटमा क्लिक गरी खोल्ने सकिनेछ । सानिमा बैंकको सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २३ वटा एटीएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया