Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी क्यापिटल मार्केटले शैलेश्वरी पावरको संस्थागत परामर्शदाताको कार्य गर्ने

लक्ष्मी क्यापिटल मार्केटले शैलेश्वरी पावरको संस्थागत परामर्शदाताको कार्य गर्ने


काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले शैलेश्वरी पावरको संस्थागत परामर्शदाताको कार्य गर्ने भएको छ । संस्थागत परामर्शदाता रूपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रालिबीच सम्झौता भएकोे हो ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल प्रालि पब्लिक कम्पनीमा परिवर्तन भएपछि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक सेयर निष्काशनको कार्य समेत गर्नेछ ।

डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकास्थित शैलेश्वरी पावर नेपाल प्रालि प्रवर्द्धक निर्माणाधीन माथिल्लो गड्डीगाड जलविद्युत् आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया