Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोग गरिएको हो ।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाउँलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । मालीगाउँ वडा क्षेत्रवरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पु-याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो । सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी बैंकको शंखमूल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेसन ज्याकेट हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरूको जोखिम व्यवस्थापनमा सहयोग पु-याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमूल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया