Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसी उपहार

जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसी उपहार


काठमाडौं । अनावश्यक खर्चहरूलाई घटाई विभिन्न उत्सवहरूमा बीमा पोलिसी उपहारस्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसैक्रममा ललितपुर धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका हुन् । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्शाउँदै बीमाको आवश्यकता बुझेर प्रभु लाइफलाई विश्वास गरी पोलिसी लिएकोमा मगर दम्पत्तीलाई बधाई एवं धन्यवादज्ञापन गरे । पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा एमडीआरटी श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारीसहित शाखामा कार्यरत अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया