Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइसेवाद्वारा ‘इन्स्योरेन्स डे’ घोषणा

इसेवाद्वारा ‘इन्स्योरेन्स डे’ घोषणा


काठमाडौं । इसेवाले ‘इन्स्योरेन्स डे’को घोषणा गरेको छ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स डेको रूपमा मनाउने भएको हो । यस अफरअन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्सको प्रिमियम बुझाउँदा दुई सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ । इन्स्योरेन्सको प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रात्साहन गर्नका लागिल इसेवाले यो सुविधा ल्याएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आईओस मोबाइलमा करिब १० लाख गरी ६५ लाखभन्दा बढी ग्राहकलाई एप्समार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया