Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनउत्थान सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा

जनउत्थान सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा


काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र २६ गते बुटवलको न्यु इरा होटलमा आफ्नो १२औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १४ करोड ७९ लाख छ हजार रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुनआउने दुई करोड २१ लाख ८५ हजार नौ सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशतका दरले हुनआउने ११ लाख ६७ हजार छ सय २९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसबाहेक संस्थाले सोही वार्षिक साधारणसभामार्फत अधिकृत पुँजी २५ करोड रुपैयाँलाई वृद्धि गरी ५० करोड रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया