इन्फिनिटी लघुवित्तको समूहप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समूहप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोहबीच भव्यताको साथ सञ्चालन गरेको छ । कार्यक्रम सुर्खेतस्थित होटल बुलबुलेको सभाहलमा एक सय ६१ जना समूहअध्यक्षहरूको समुपस्थितिमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षित गरको थिए । शाखामा भएका कुल एक सय ८२ वटा समूहमध्येबाट तीनवटा समूह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि देवकोटाले बताए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख विश्वेश्वर विष्टले स्पष्ट पारेका थिए । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामूहिक सहयोग सामूहिक प्रयासको लागि समिति विष्णु कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक लक्ष्मण शाहीले बताए । कार्यक्रममा मध्यपश्चिम विश्व विद्यालयका प्राध्यापक कमल बहादुर सिंहको समेत उपस्थिति रहेको थियो । साथै कार्यक्रम चन्द्रकली गौतमको सभावतित्वमा सञ्चालन भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया