Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु इन्स्योरेन्सको सात दशमलव शून्य पाँच प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको सात दशमलव शून्य पाँच प्रतिशत लाभांश पारित


काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको छ दशमलव ७० प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने करबापत शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश गरी जम्मा सात दशमलव शून्य पाँच प्रतिशत लाभांश साधारणसभाबाट स्वीकृत भएको छ ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्ररूपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्नेतर्पm विशेष ध्यान दिई कार्य अगाडि बढाइरहेको बताउँदै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसँग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरूको दिगो आर्थिक र सामाजिक विकासको प्रवर्द्धन तथा उत्थानमा अग्रसर हुने नीतिलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन् ।

ग्राहकको सन्तुष्टि नै कम्पनीको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन डिजिटल ट्रान्सफरमेसन योजना लागू गरी कार्ययोजना अगाडि बढाइएको बताइन् । उनले सूचना प्रविधि नै आधुनिक बीमाको आधारशीला तथा ग्राहक वर्गहरूको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक नीति तर्जुमा गरी सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढीकरण गर्दै बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा विस्तार गर्ने निति लिएको जानकारी दिइन् ।

वार्षिक साधारणसभामा विभिन्न सेयरधनीहरूले आफ्नो मन्तव्य, जिज्ञासा र सुझावहरू प्रस्तुत गर्दै अध्यक्ष लामाले कम्पनीको समग्र प्रगति सन्तोषजनक रहेको बताइन् । वार्षिक साधारणसभामा पेस भएका सामान्य तथा विशेष प्रस्तावहरू अत्यधिक बहुमतले पारित गरेको जानकारी कम्पनीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया