Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुँजी पुर्‍याउन नसकेपछि अमेरिकी सरकारको नियन्त्रणमा सिलिकन भ्याली बैंक

पुँजी पुर्‍याउन नसकेपछि अमेरिकी सरकारको नियन्त्रणमा सिलिकन भ्याली बैंक


काठमाडौं, सिलिकन भ्याली बैंक ४८ घण्टाभित्र पुँजी संकटका कारण भताभुंग भएको छ । जुन अमेरिकी इतिहासमै असफलताका कारण डामाडोल भएको दोस्रो वित्तीय संस्था हुनपुगेको हो ।प्रविधि क्षेत्रलाई ऋण प्रवाह गर्ने उक्त बैंकलाई क्यालिफोर्नियाका नियामकले बन्द गरिसकेका छन् भने अहिले यो पूर्णतः अमेरिकी संघीय निक्षेप बीमा निगम (एफडीआईसी)ले आफ्नो नियन्त्रणमा राखेको छ । एफडीआईसी अहिले बैंकको पुँजी तरलीकृत गर्ने र निक्षेपकर्तालाई पैसा फिर्ता गर्ने कार्यवाहक नियामक भएको छ ।

सरकारी स्वतन्त्र संस्था एफडीआईसीले बैंक डिपोजिट हेर्छ भने वित्तीय संस्थाको नियमन पनि गर्छ । उसले बीमित बचतकर्ताले आफ्नो बीमित निक्षेपमा सोमबार बिहानसम्म पूरा पहुँच पाउने जनाएको छ । एफडीआईसीले अबीमित बचतकर्तालाई पनि अग्रिम बोनस यही हप्ताभित्र भुक्तानी गर्ने जनाएको छ ।यो बैंक यसअघि एसभीबी फाइनान्सियल ग्रुपले सञ्चालन गरिरहेको थियो । उसले यसबारे केही प्रतिक्रिया नदिएको सीएनएनले जनाएको छ ।

भएको के हो ?
खासमा बुधबारदेखि यसको दुर्गति सुरु भएको थियो । एसभीबीले यसमा रहेको सेयर उक्त दिन घाटामा बिक्री गरेको घोषणा गरेको थियो । त्यस्तै नयाँ सेयर २.२५ अर्ब अमेरिकी डलरमा बेच्दा आफ्नो खाता सन्तुलनमा आउने उसको भनाइ छ । यसले मुख्य उपक्रमका पुँजी कम्पनीबीच अधैर्य अवस्था सिर्जना भएको थियो । जसले कम्पनीहरुलाई आफ्नो पैसा बैंकबाट झिक्न लगाए ।

कम्पनीको सेयर बिहीबार ओरालो लागेको थियो भने अन्य बैंकको सेयरले पनि यही लय पछ्याएका थिए । शुक्रबार बिहानसम्म एसभीबीको सेयर कारोबार रोकिएका थिए भने उसले तत्काल पुँजी या बिक्रेता खोज्ने प्रयास पनि छाडिदिएको थियो । धेरै अन्य बैंकहरुको सेयर कारोबार पनि अस्थायी रुपमा शुक्रबार रोकिएको थियो । त्यसमा फस्र्ट रिपब्लिक, प्याकवेस्ट ब्यान्कर्प र सिंगापुर बैंकलगायत थिए ।

मध्यबिहानको समयमा एफडीआईसीको नियन्त्रणलाई अझ रोचक रुपमा लिइएको छ । उसले नियन्त्रणका लागि बजार बन्द हुने समय मात्र कुरिरहेको थियो ।पछिल्लो समय संघीय नियामकले बैक ब्याजदर बढाइरहँदा सिलिकन भ्याली बैंकको ओरालो यात्रा भइरहेको थियो ।

जब ब्याजदर शून्य नजिक थियो, बैंकहरुले लामो मितिका, कम जोखिमयुक्त पैसालाई महत्व दिइरहेका थिए । तर जब संघीय नियामकले महंगीसँग लड्न पैसा उठायो, ती सम्पत्तिको मूल्य पनि घट्यो भने बैंकहरु घाटामा देखिए ।उच्च ब्याजदरले विशेषगरी प्रविधिलाई कठिन बनाउँछ । प्रविधि कम्पनीका सेयर घटाउनेदेखि कोष जुटाउन पनि जटिल बनाइदिने मूडीका प्रमुख अर्थशास्त्री मार्क ज्यान्डी बताउँछन् । त्यसले आफ्नो बचत फिर्ता गराउन धेरै कम्पनीहरुलाई उत्प्रेरित गरेको हुनसक्छ ।

‘उच्च ब्याजदरले उनीहरुको सम्पत्ति मूल्यांकन र एसभीबीले भुक्तानी गर्नुपर्ने बचतकर्ताको रकम पनि कम गराइदियो’, ज्यान्डीले भने, ‘यी सबैले उनीहरुको बचत सञ्चालनसँगै एफडीआईसीको नियन्त्रणलाई जोड दियो ।’ सीएनएनबाट भावानुदित


क्याटेगोरी : बैंक बित्त बजार, विश्व बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया