Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । दुवै संस्थाहरूको बीचमा सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुवै पक्षका बीचमा हुने विभिन्न किसिमका कारोबारलाई निरन्तरता दिने र दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउँदै डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।

कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरूको योगदान रकम संकलन गर्नका लागि यसअघिदेखि राष्ट्रसेवक कर्मचारीहरूको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई कम्प्युटराइज गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिग्यास) प्रणालीबाट सहभागीहरूको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिँदै कोषले विकसित गरेको वेबमा आधारित ई–सर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोषलगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरूको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सबमिसन नम्बर तथा कार्यालय कोडसहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरूमा पेस गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरूले सबमिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल)को बैंक सेन्ट्रल सफ्टवेयरमार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिनेछन् । यसले गर्दा रकम समयमै जम्मा भई हिसाब मिलान हुने तथा कर्मचारीहरूको खातामा सोझै रकमहरू जम्मा हुने हुँदा सहज हुने विश्वास गरिएको छ । साथै, सम्पूर्ण सरोकारवाला निकायहरूले पनि यसै प्रविधिको प्रयोग गरी रकम जम्मा गर्न समेत अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फछ्र्यौट विभागका विभागीय प्रमुख ऋषि राम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उपप्रमुख सरोज कोइराला र प्रबन्धक विमल जोशीको उपस्थिति थियो । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएलस, स्मार्ट क्यूआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया