Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक र कामनपाबीच सम्झौता

कृषि विकास बैंक र कामनपाबीच सम्झौता


काठमाडौं, चैत ७
कृषि विकास बैंक लिमिटेड र काठमाडौँ महानगरपालिका (कामनपा)बीच सम्झौता भएको छ । बैंकले माइतिघर मण्डला सुधारका लागि महानगरपालिकासँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका बैंकका कामु उपमहाप्रबन्धक ध्रुवचन्द्र गौतम र काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका हुुन् । सम्झौताअनुसार मण्डलामा बगैँचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसमअनुसारका फूलका बोट एवं बिरुवाहरू लगाउने, मर्मत सम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने छ । सम्भौता अवधि पाँच वर्षको हुनेछ । यसअघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्दर्यताका लागि उल्लेखनीय कार्यहरू गर्दै आएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x