Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको प्रवक्तामा प्रसाईं

नेपाल लाइफको प्रवक्तामा प्रसाईं


काठमाडौं, चैत ७
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रवक्तामा नियुक्त गरेको छ । सञ्चालन समितिको बैठकले प्रसाईंलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रसाईंले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको समेत जिम्मेवारी गर्ने कम्पनीले जानकारी दिएको छ ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ५० करोड रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रूपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रूपैयाँ र सेयरधनी कोष आठ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १७ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको छ ।

एक लाख ५२ हजार चार सय १२ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका दुुई सय शाखा तथा उप शाखा कार्यालयहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म स्वदेश र विदेश गरी २७ लाख २९ हजार पाँच सय ११ व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x