Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा मेट्रो सुपर मार्केटमा १० प्रतिशत अतिरिक्त छुट

स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा मेट्रो सुपर मार्केटमा १० प्रतिशत अतिरिक्त छुट


काठमाडौं । वद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अफरअन्तर्गत ग्राहकहरूले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँ प्रतिकारोबार र अफर अवधि भर तीन सय रुपैयाँसम्म छुट लिन सक्नेछन् ।

स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरूले मेट्रो सुपरमार्केटको सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत मेट्रो सुपर मार्केटका पेप्सीकोला, सानेपा र जोरपाटीस्थित शाखामा एनआईसी एसिया मो बैंक, आईएमई–पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते–पे, प्रभु–पे, सजिलो–पे, मोरु, आईक्यास, पेवेल, यन क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया