Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचर्को ब्याजदरविरुद्ध व्यवसायीहरूको आन्दोलन

चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूको आन्दोलन


काठमाडौं । चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूले आन्दोलन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरूले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदरविरुद्ध सामूहिकरूपमा आन्दोलन गरेका हुन् ।

व्यवसायीहरूले चालू आर्थिक वर्षको मौद्रिक नीतिका कतिपय बुँदाहरू परिमार्जन गर, ब्याजदरमा स्थिरता कायम गर, चालू पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवाशुल्क बन्द गरलगायतका नाराहरू लगाउँदै आन्दोलन गरेका हुन । आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायतका व्यावसायिक संघसंगठनका प्रतिनिधिहरू सहभागी थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया