राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिप्रका सिन्धुलीमा
काठमाडौं, चैत ७
राष्ट्रिय वाणिज्य बैंकले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकका अनुसार बागमती प्रदेशअन्तर्गतको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा २९औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको हो । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुुन् ।
शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ । सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रबन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातवटै प्रदेशअन्तर्गतका ७७ जिल्लामा दुई सय ३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, दुुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
- म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार
- बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
- ठगीको गरेको अभियोगमा गुरूङ र पराजुली पक्राउ
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ: राष्ट्रपति पौडेल
- कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी पक्राउ
- अर्थतन्त्र सुधारको सन्दर्भ
- शुभकामना आदान–प्रदानले मात्र मुलुक उँभो लाग्दैन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया