Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीबीआईएल क्यापिटल अब सिटिजन्स क्यापिटल लिमिटेड

सीबीआईएल क्यापिटल अब सिटिजन्स क्यापिटल लिमिटेड


काठमाडौैं । सीबीआईएल क्यापिटलले नाम परिवर्तन गरेको छ । कम्पनीको चौथो विशेष साधारणसभाले पारित निर्णयअनुसार सीबीआईएल क्यापिटल लिमिटेडले प्रचलित नियमहरूको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स क्यापिटल लिमिटेड कायम गरेको हो । नयाँ नामसँगै नयाँ ढंगले ग्राहकवर्गमा विषेश योजनाहरूसहित प्रस्तुत हुन लागेको यस संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने सिटिजन्स क्यापिटलको विश्वास रहेको सो संस्थाले जनाएको छ ।

सिटिजन्स क्यापिटलका नयाँ योजनाहरूमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई आईपीओ भरिदिने विशेष पीएमएस सेवा, डाक्टर पेसामा आबद्ध तथा अन्य पेसा/क्षेत्रबाट सेवा निवृत्त व्यक्तित्वहरूलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजनाहरू संस्थाको फेसबुक पेजमार्फत सार्वजानिक गरिएको छ । साथै नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरूलाई वार्षिक सञ्चालन शुल्कमा ५० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । क्यापिटलले विगत सात वर्षदेखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

हाल कम्पनीले दुई अर्बभन्दा बढीको लागानी व्यवस्थापन तथा सिटिजन्स बैंकलगायका अन्य कम्पनीहरूलाई सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीका सञ्चालक तथा संस्थापकहरू विभिन्न बैंक वित्तीय संस्था तथा विभिन्न संस्थामा आबद्ध अनुभवी व्यक्तित्वहरू रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया