Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार


काठमाडौैं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । दुवै कम्पनीहरूले मर्जरमार्फत सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सालिको)ले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सोमबार नै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीहरूको तर्फबाट तीन/तीन जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट अजिथ आर गुणवद्र्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पीएलसी, श्रीलँका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्वसाधारण समूह) र त्यस्तै गरी साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट मनोहर दास मूल, (संस्थापक समूह) अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भट्टराई, (सर्वसाधारण समूह) गरी छ जनाको सञ्चालक समितिको गठन गरिएको छ । त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मूलले सोमबार नै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया