Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको विशिष्ट सहज कर्जा योजना

मुक्तिनाथ विकास बैंकको विशिष्ट सहज कर्जा योजना


काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आह्वान गरेको छ ।

योजनाअन्तर्गत दुई करोड रुपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ । योजनाअन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको तीन कार्य दिनभित्रै सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ । यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकहरुले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिनसक्ने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया