Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक

आईएमई–पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक


काठमाडौं । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आईएमई–पेमा अब रिया मनी ट्रान्स्फरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यास ब्याकको अफर सार्वजनिक गरिएको जानकारी कम्पनीले दिएको छ ।विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाइन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मको क्यासब्याक दिने सुविधा छ ।

उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाइन पोर्टलमा गई आईएमई–पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्नेगरी व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया