Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम


काठमाडौं । समृद्धि फाइनान्सले आइतबार शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको प्रांगणमा सम्पन्न गरिएको थियो । फागुन १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको सातवटा शाखाहरूबाट यसअघि नै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठवटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया