Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकद्वारा एक जना ग्राहकलाई १० लाख रुपैयाँ बीमा रकम प्रदान

एनआईसी एसिया बैंकद्वारा एक जना ग्राहकलाई १० लाख रुपैयाँ बीमा रकम प्रदान


काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले खातामा उपलब्ध घातक रोग बीमाबापत उनलाई १० लाख बीमा रकम भुक्तानी गरेको हो । श्रेष्ठले बैंकको जावलाखेल शाखामा ‘सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकमबराबरको चेक श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकहरूलाई घातक रोग बीमाबापत तीन करोड, दुर्घटना बीमाबापत एक करोड ३० लाख र मेडिकल बीमाबापत तीन करोड ६७ लाख गरी कुल सात करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया