Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरामा लुम्बिनी विकास बैंकको एटीएम काउन्टर विस्तार

पोखरामा लुम्बिनी विकास बैंकको एटीएम काउन्टर विस्तार


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले पोखरामा पनि एटीएम काउन्टरको विस्तार गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटीएम सेवा सुरु गरेको हो । बैंकका अनुसार उक्त एटीएमको काउन्टरको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गरेका थिए ।

कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिल बहादुर गुरुङ, बैंकका सेयरधनीहरु, स्थानीय व्यवसायी एवं भद्रभलादमी, निक्षेपकर्तालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । शाखाप्रबन्धक बालकृष्ण वनले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको संक्षिप्त चिनारीसहित स्वागतमन्तव्य राखेका थिए । देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको थप एक नयाँ एटीएमको उद्घाटन भएसँगै बैंकले विभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले हाल सबै क्षेत्रमा ८९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया