Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्योदय वोमी लघुवित्तले कमायो छ करोड ९३ लाख

सूर्योदय वोमी लघुवित्तले कमायो छ करोड ९३ लाख


काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ९३ लाख ९२ हजार आठ सय ३१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संंस्थाले आठ करोड ७७ लाख आठ हजार छ सय १५ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार सात सय ९० रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा चार अर्ब ५६ करोड ७२ लाख ३० हजार एक सय ३२ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ९६ करोड २३ लाख ७३ हजार तीन सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड २८ लाख ३६ हजार एक सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा पाँच करोड ८० लाख ८१ हजार एक सय ९९ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर पाँच दशमलव २२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले चार अर्ब २८ करोड २४ लाख ९० हजार दुई सय ७६ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८७ करोड ६५ लाख ७४ हजार चार सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ७४ लाख २३ हजार नौ सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ९९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया