Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको २१औँ वार्षिक साधारणसभा

डिप्रोक्स लघुवित्तको २१औँ वार्षिक साधारणसभा


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । चितवनमा आयोजित उक्त सभामा संस्थाका अध्यक्ष दिपक खनालले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्दै सो प्रतिवेदनउपर सेयरधनीहरूले राखेका राय सुझाव तथा जिज्ञासाहरूको स्पष्ट पारे । सेयरधनीहरूलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत तथा सभाको सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले गरेका थिए ।

संस्थाले आव २०७८/०७९ मा ८० करोड ९२ लाख १४ हजार सञ्चालन मुनाफासहितबाट सेयरधनीहरूलाई ११ दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश (करसहित) र १० प्रतिशत बोनस सेयर वितरण गर्ने, आव २०७९/०८० को लेखापरीक्षकको नियुक्ति गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आदानप्रदान अनुपात १ः१ (एक कित्ताबराबर एक कित्ता) कायम गर्ने, अन्तिम समझदारी गर्ने, प्राप्ति (एक्विजिसन) पश्चात् प्रबन्धपत्र र नियमावली संशोधन तथा सेयर संरचना परिवर्तन गर्नेलगायत प्राप्ति (एक्विजिसन) प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू सभाले पारित गरेको छ । बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी एक अर्ब ५२ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, डिप्रोक्स नेपाल र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञहरूको प्रत्यक्ष लगानी र वित्तीय सेवामार्फत महिला सशक्तीकरणसहित गरिबी न्यूनीकरणको मुख्य उद्देश्य लिएर स्थापित यस संस्थाले हाल देशको ७१ जिल्लामा एक सय ४९ शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ग्रामीण क्षेत्रका करिब दुई लाख ४५ हजार सदस्यहरूलाई १८ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया