Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनिक लघुवित्तको खुद मुनाफा घट्यो

युनिक लघुवित्तको खुद मुनाफा घट्यो


काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ७१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड २३ लाख ६९ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ११ करोड छ लाख ३२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ४५ करोड ६८ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९९ करोड ८० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड २५ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ६४ लाख ६२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव ३७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब १५ करोड ९५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३६ करोड ७५ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड सात लाख ४२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ८७ लाख ३६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ३६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया