Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशप्रभु बैंकका प्रबन्धक ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन !

प्रभु बैंकका प्रबन्धक ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन !


सोलुखुम्बु । प्रभु बैंकको खोटाङस्थित दिक्तेल शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ देखि सम्पर्कविहीन भएका हुन् ।

प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्ति फसेको भन्दै तनावमा परेका छन् । माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रबन्धक खतिवडाले सापटी भनेर १० लाख लिएको र पाँच लाख मात्र फिर्ता गरेको दिक्तेलका काँशीराज बस्नेतले बताए । प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट १६ लाखसम्म सापटी पैसा लिएको खुलासा भएको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बैंक बित्त बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया