Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविजय लघुवित्तको १०औँ वार्षिक साधारणसभा

विजय लघुवित्तको १०औँ वार्षिक साधारणसभा


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत २८ गते गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा आफ्नो १०औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले हाल काय रहेको चुक्ता पुँजी ३२ करोड रुपैयाँमध्येबाट २० प्रतिशतका दरले हुनआउने छ करोड ४० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक दशमलव शून्य पाँच प्रतिशतको दरले हुनेबराबरको रकम नगद लाभांशको रूपमा वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया