Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआदर्श लघुवित्तको नाफा सात लाख ३३ हजार

आदर्श लघुवित्तको नाफा सात लाख ३३ हजार


काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३४ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई करोड सात लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा १५ करोड ५२ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ करोड ४० लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९० लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ लाख ४१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १३ करोड दुई लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ करोड १५ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९४ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ लाख ६२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया