Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनी सेक्युरिटिजको मार्जिन ट्रेडिङसम्बन्धी तालिम

सनी सेक्युरिटिजको मार्जिन ट्रेडिङसम्बन्धी तालिम


काठमाडौं । सनी सेक्युरिटिजले चितवनस्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङसम्बन्धी तालिम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक २०२३’ को ‘प्लान योर मनी, प्लान योर फ्युचर’ भन्ने विषयवस्तुलाई सम्बोधन गर्नेगरी बालकुमारी र प्रेसिडेन्सी कलेजमा सञ्चालन गरिएको तालिममा एक सय छ जनाको सहभागिता थियो ।

उक्त तालिममा आधारभूत विश्लेषणका अनुपातहरू, मार्जिन ट्रेडिङ, म्युचुअल फन्ड तथा ऋणपत्र, सेयरबजारका जोखिम तथा जोखिम न्यूनीकरणलगायतका विषयहरूको चर्चा गरिएको थियो । कार्यक्रम विशेषगरी दोस्रो बजारमा लागिसकेका तथा सेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक सहभागीले जानकारी दिए ।

यस्तै साइन्टिफिक बिजनेस हब प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले युवाहरूमा आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक क्षेत्रमा लाग्न सचेत गराएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया