एसबीआई बैंक र सिता प्यालेस होटलबीच सम्झौता
काठमाडौं । नेपाल एसबीआई बैंक र सिता प्यालेस होटलबीच सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकहरूलाई लक्षित गरी सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इन प्रालिमा कार्ड प्रयोग गरेबापत विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार बैकका ग्राहकहरूले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका मधेश प्रदेश प्रमुख, लेखनाथ पोख्रेल र सिता प्यालेसका प्रबन्ध निर्देशक विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका थिए । यो सम्झौता सिता प्यालेस होटल, बाग्मती, सर्लाही तथा सिता प्यालेस होलिडे इन प्रालि हरिवन सर्लाहीमा लागू हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया