Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत महिनामा पनि विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले पोखरा महानगरपालिका–२६, ढलेपीपलस्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन हस्तान्तरण गरेको छ भने ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक सन्देशमूलक बोर्डहरू हस्तान्तरण गरेको छ ।

यस्तै बैंकले घोराही उपमहानगरपालिका–१६, तेरोटे, दाङस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई सीसीटीभी क्यामेरा जडानको लागि सहयोग गरेको छ । यसैगरी विदुर नगरपालिका वडा नं. ९ पीपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पीपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । यस्तो सहयोग आफ्नो सामाजिक उत्तरदायित्व हुने र यो नागरिकको हितमा हुने विश्वास बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया