Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसबीआई बन्दीपुर केवलकारको बिक्री प्रबन्धक

एसबीआई बन्दीपुर केवलकारको बिक्री प्रबन्धक


काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बुधबार मर्चेन्टको कार्यालय हात्तिसारमा आयोजित एक समारोहबीच सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा केवलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्मा र मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ । सोही सेयरको सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया