नेसनल लाइफको घलेगाउँ भ्रमण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरूलाई लमजुङको घलेगाउँ भ्रमण गराएको छ । इन्स्योरेन्सले तीन रात चार दिनको ‘घलेगाउँ भ्रमण कार्यक्रम’ सम्पन्न गरेको जनाएको छ ।
इन्स्योरेन्सले २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गरेका अभिकर्ताहरूलाई पर्यटकीय क्षेत्र घलेगाउँ भ्रमण गराउने र कलाकार सन्दिप क्षेत्रीसँग साक्षात्कार गराउने कार्यक्रम आयोजना गरेको हो ।
उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भएका देशभरका दुई सय ५० अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराइएको इन्स्योरेन्सले जनाएको छ । भ्रमणमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूको सहभागिता थियो ।
घलेगाउँ भ्रमणपछि पोखरामा विशेष कार्यक्रम आयोजना गरी कलाकार सन्दिप क्षेत्रीसँग अभिकर्ताहरूलाई साक्षात्कार गराइएकोे थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मिहिनेतका कारण कम्पनी सधैँ अब्बल रहने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया