निक्षेपको तुलनामा ऋण प्रवाह दोब्बर बढी
काठमाडौं । नुवाकोटमा निक्षेपको तुलनामा कर्जा लगानी झण्डै दोब्बरले बढी भएको पाइएको छ । जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरूका अनुसार नुवाकोटमा कुल निक्षेप पाँच अर्ब रुपैयाँ रहेको छ । यस्तै बैंकहरूले प्रवाह गरेको ऋणको आकार १२ अर्ब रुपैयाँ रहेको छ । जिल्लाको वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग छलफल गर्दै शाखा प्रबन्धकहरूले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
जिल्लामा १९ वाणिज्य बैंक, पाँच विकास बैंक र एक फाइनान्स गरी कुल २५ बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा छन् । कार्यक्रममा डेपुटी गभर्नर मिश्रले पछिल्लो समय ऋण नतिर्न फैलाइएका अफवाहप्रति सजग रहँदै निक्षेपकर्तालाई भरोसा दिलाउन आग्रह गरेका छन् । छलफलमा सहभागी एक प्रबन्धकका अनुसार डेपुटी गभर्नरले कर्जा असुली, निक्षेपको अवस्था र निष्क्रिय कर्जामाथि चासो दिएका थिए । डेपुटी गभर्नर मिश्रले अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूको स्वास्थ्यमा कुनै असर परिनसकेको बताए । तर केही समस्या भए लिखित सुझाव नि आग्रह गरे । ‘जिल्लास्तरमा रहेको समस्या समाधान गर्न लिखित सुझाव पठाउनु सुधारको लागि पहल हुन्छ, तपाईँहरूलाई तपाईँको केन्द्रले र हामीले सुपरीवेक्षण गरिरहेका छौँ, बैंकहरूको स्वास्थ्य राम्रोे छ तर बाहिर विभिन्न हल्ला फैलिरहेका छन् ध्यान दिनुहोला’, उनले भने ।
अहिले बैंकहरूको स्वास्थ्य ठीक भए पनि खराब कर्जाको अवस्था सन्तोषजनक नरहेको उनले बताए । तर वाणिज्य बैंकहरूले दक्षिण एसियामा नेपालका बैंकहरूको कर्जाको स्थिति सन्तोषजनक रहेको दाबी गरिरहेका छन् ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जाको स्थिति २ दशमलव ४९ प्रतिशत, विकास बैंकको २ दशमलव ८२ प्रतिशत र वित्त कम्पनीको ७ दशमलव ८२ प्रतिशत रहेको छ । जब कि एक वर्षअघि २०७८ माघमा वाणिज्य बैंकहरूको १ दशमलव १८ प्रतिशत, विकास बैंकको १ दशमलव ४२ प्रतिशत र वित्त कम्पनीको ७ दशमलव ५ प्रतिशत खराब कर्जा रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया