अवसर इक्वीटीको साढे चार अर्ब रुपैयाँको इकाइ बिक्री
काठमाडौं । प्राइभेट इक्वीटी फन्ड ‘अवसर इक्विटी’को चार अर्ब ५० करोड रुपैयाँबराबरको इकाइहरू बिक्री भएको कोष व्यवस्थापक अवसर इक्वीटी लिमिटेडले जनाएको छ । २०७९ फागुन १५ देखि चैत १५ गतेसम्म निष्काशन भएकोे सो इक्वीटीमा सफल बिक्री भई निष्काशन बन्द गरिएको कम्पनीले जनाएको छ ।
कोष व्यवस्थापक अवसर इक्विटी लिमिटेड सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक गरी चारवटा वाणिज्य बैंकसहित उच्च नेट–वर्थ भएका नेपालका प्रतिष्ठित व्यक्तिले प्रवद्र्धन गरी नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त संस्था हो । यस कोषले व्यापार वृद्धिका रणनीतिहरू कार्यान्वयन गर्नसक्ने क्षमता भएका तर स्रोत साधनको अभाव भएका नेपाली उद्योग व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरूको विकास र विस्तारमा सघाउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया