Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटल र सेन्ट जेभियर्सबीच सम्झौता

प्रभु क्यापिटल र सेन्ट जेभियर्सबीच सम्झौता


काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच बुधबार विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजीबजारको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक डा. अगस्टिन थोमस एसजेले हस्ताक्षर गरेका छन् । यस्तो सम्झौताले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।

सम्झौताअनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीहरूलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्नेछ । यस्तै विद्यार्थीहरूको आवश्यकताबमोजिम पुँजीबजारसम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया